-->
सिरहा–१७ खैरटोकाका ४२ वर्षीय अकरु पसमानले बलत्कार गरेको पीडित परिवारले आरोप लगाएको छ ।

जेष्ठ २६, २०७३- सिरहा नगरपालिका १४ नवटोलीमा मंगलवार राति ५५ वर्षिया बृद्धमाथि बलात्कार भएको छ ।

पीडितको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा–१७ खैरटोकाका ४२ वर्षीय अकरु पसमानले बलत्कार गरेको पीडित परिवारले आरोप लगाएको छ । अभियुक्तलई इलाका प्रहरी कार्यालय माडरले नियन्त्रणमा लिएको छ ।
राति २ बजेतिर मदिरा खोज्दै आएको पासमानलाई मदिरा खान दिएपछि बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।

पासमानले कपडाले मुख थुनेर आमालाई बलात्कार गरेको पिडितको छोराले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.