-->
बुटवलमा रोकिराखिएका तीनओटा बसमा आगजनी

बुटवल, जेठ २६ । बुटवलको गोलपार्कस्थित सडकमा रोकिराखिएका तीनओटा बसमा आगजनी भएको छ ।



आगलागीबाट लु१ख ३९९६, लु१ख ६८७९ र लु१ख ६९२६ नम्बरका बसमा क्षति भएको छ ।

मंगलबार राति करिब १२ बजेतिर बसमा आगलागी भएपछि दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

बसमा कसरी आगलागी भयो भन्ने पुष्टि नभएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.