-->
सरकारकाे जनमुखी बजेटले बढायाे थेग्नै नसक्ने महंगी कुन सामानमा कति बढ्याे ? (मूल्य सहित)

काठमाडौं २६ जेठ – आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटसँगै सर्वसाधारणको भान्सा धान्नै नसक्ने गरी महँगिएको छ । व्यापारीले उपभोक्ताको ढाडै सेक्ने गरी खाद्यान्न, खानेतेल, तरकारी, माछामासुलगायतको मूल्य आफूखुसी मूल्य वृद्धि गरेका छन् । व्यापारीले मौकाको फाइदा उठाउँदै १५ दिनको अवधिमा हरेक खाद्य वस्तुको मूल्यमा न्युनतम पाँच रुपैयाँदेखि ५० रुपैयाँसम्म वृद्धि गरेका छन् ।
नाकाबन्दीको समयमा आपूर्तिको अभावमा अकासिएको बजार भाउ क्रमिकरूपमा सुधार आउँदै गरे पनि पछिल्लो समयमा मूल्य वृद्धि पुनः अकासिन थालेको छ । अहिले आपूर्ति सहज भए पनि सरकारको कमजोर नियमन संयन्त्रका कारण व्यापारीले खाद्य पदार्थको मूल्य बताएका छन् । व्यापारीले अहिले चामल, चिउरा, दाल, माछा–मासु, अन्डा, तरकारी, दाल, चिनी, खानेतेलसम्मको मूल्यमा वृद्धि गरेका हुन् । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले ठूला व्यापारीले भाउ बढाएका कारण उपभोक्ताको खुद्रा मूल्य पनि वृद्धि भएको दाबी गरे ।
उनले भने, ‘ठूला व्यापारीले नयाँ मालसामान भित्र्याएको भन्दै नयाँ मूल्यमा खुद्रा व्यापारीलाई खाद्य वस्तु उपलब्ध गराएका छन् । यसका कारण उपभोक्ताको खुद्रा मूल्यमा केही परिमाणमा वृद्धि भएको हो ।’ मूल्य वृद्धिका कारण निम्न आय भएका र दैनिक ज्यालादारीमा काम गर्ने श्रमजीवीको भान्सामा प्रत्यक्षरूपमा प्रभाव पारेको छ । उनका अनुसार २० दिन अघिसम्म प्रतिकिलो ७० मा बिक्री हुने चिनीको प्रतिकिलो मूल्य अहिले ८० पुगेको छ । यसैगरी प्रतिकिलो दुई सय ५० पर्ने रहरको दालको मूल्य अहिले दुई सय ८० पुगेको छ ।
अन्नपूर्ण पाेष्ट दैनिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.