-->
रोनीलाई सबभन्दा ठूलो चुनौती

जेष्ठ २६, २०७३- म्यानचेस्टर युनाइटेडका कप्तान वायन रोनीले युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान हात पार्न १३ वर्षयताको अन्तर्राष्ट्रिय फुटबल करिअरमा सबभन्दा ठूलो चुनौती सामना गर्दै छन्

१८ वर्षको छँदै युरो २००४ मा रोनी इंग्ल्यान्डको आकर्षण भइसकेका थिए । त्यसैले उनी पाँच प्रतियोगितामा पहिलो रोजाइमा थिए । तर, ह्यारी केन र जेमी भार्डीजस्ता उदीयमान खेलडीसँगको प्रतिस्पर्धामा उनीमाथि शंका गरिएको छ । उनको आफ्नै फिटनेस र लयमा पनि शंका छ । त्यसैले इंग्ल्यान्डको इतिहासकै सर्वाधिक गोलकर्तालाई पहिलो रोजाइमा निर्बाधरूपमा राख्नुपर्ने समय रहेन ।

‘म्यानचेस्टर युनाइटेड र इंग्ल्यान्डमा मेरो करिअर सहीरूपमा बिताएँ । मैले कहिल्यै दिएको स्थान लिएको थिएन,’ ३० वर्षीय रोनीले भने, ‘पहिलो त म इंग्ल्यान्ड सफल भएर ट्रफी जितेको चाहन्छु र त्यसमा म पनि सहभागी हुनु महत्त्वपूर्ण हुनेछ ।’

अहिलेको अभियान रोनीका लागि ऐतिहासिक भइसकेको छ । उनले बबी चाल्टर्नको सर्वाधिक गोलको ३५ वर्ष पुरानो कीर्तिमान अक्टोबरमा तोडेका थिए । उनले अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म ५२ गोल गरेका छन् । उनको क्याप पनि १ सय ११ भएको छ, जुन पिटर सिल्टन (१२५), डेविड बेक्ह्याम (११५) र स्टेभेन जेरार्ड (११४) भन्दा पछाडि मात्र हो ।

फेब्रुअरीमा घुँडाको चोटबाट मुक्त भएपछि म्यानचेस्टर युनाइटेडका लागि उनले राम्रै खेले । उनको अनुपस्थितिमै इंग्ल्यान्डले विश्वकप विजेता जर्मनीमाथि बर्लिनमा ३–२ को जित दर्ता गरेको थियो । मुख्य अवसर सिर्जना गर्ने रोनीको क्षेत्रमा डेल अली र रोस बार्कलीलाई खेलाइएको थियो ।

युवा प्रतिस्पर्धीबीच रोनीको क्षमतालाई लिएर उत्तिकै धैर्य हुनेमा पनि शंका छ । यसमा कप्तानलाई अवलोकन गर्दै प्रशिक्षक रोय हड्सनले कूटनीतिक लाइनमा देखाएका छन् । उनले रोनीको स्थानको रक्षा गरे पनि सुरुबाटै खेल्नेमा भने पक्का नभएको बताए ।

एभर्टनमा १६ वर्षको छँदाजस्तै खेल परिवर्तन गर्न सक्ने प्रकृतिको खेल लामो समय नरहे पनि रोनीलाई विश्वकै चर्चितमध्येको एक खेलाडी मानिन्छ । उनलाई ‘द हाइट पेले’ पनि भनिन्छ । आर्सनलका म्यानेजर आर्सेन वेंगरले आफू इंग्ल्यान्डमा आएयता देखेको सबभन्दा ठूलो प्रतिभा रोनीलाई भनेका छन् । तर, सहीरूपमा मापन गर्दा उपलब्धिले त्यसलाई गाह्रै देखाउँछ ।

एभर्टनबाट २००४ मा युनाइटेड पुगेका उनले त्यहाँ लगभग सबै उपलब्धि हात पारे । यसमा प्रिमियर लिग ५, लिग कप २, एफए कप १ र २००८ को च्याम्पियन्स लिग छन् । उनी क्लबको सर्वाधिक गोलकर्ताको सूचीमा चाल्टर्न (२४९ गोल) सँग मात्र पछाडि छन् ।

म्यानचेस्टर सिटीसँग २०११ मा गरेको ओभरहेड बाइसाइकल किकसहित उनका केही गोल बिर्सन सकिँदैन । उनले अनगिन्ती व्यक्तिगत अवार्ड पाएका छन् । तर, सम्भावनाका बाबजुद पनि इंग्ल्यान्डसँग उनलाई हेर्दा केही भेटिन्न ।

उनी पोर्चुगलमा भएको युरो २००४ मा चार गोल गर्दै फुटबलको बाहिरी संसारमा आएको १२ वर्ष भइसकेको छ । उनले केही दिएका छैनन्, कमजोर भएको छ र निराश छ । रोनीको टिम इंग्ल्यान्ड विश्वकप २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।

‘पक्कै पनि बबी चाल्टर्नजस्तै ठूला लिजेन्डको रूपमा म जाने छैन । उनले विश्वकप जिते,’ रोनीले भने । तथ्यांकको आधारमा भने उनी इंग्ल्यान्डको फुटबलमा उत्कृष्ट भएको गेरी लिनेकरले बताएका छन् । तर, उनीबाट समय केन र भार्डीले लिएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.