असार २, २०७३- बाटोमा पाएको पैसालाई प्रहरीले सम्बन्धित व्यक्ति खोजेर बिहीबार फिर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको निरीक्षणमा आएको प्रहरी किताबखानाका महानिर्देशक वेदप्रसाद लेखकसहितको टोलीले सडकमा भेटाएको रकम प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो ।
प्रहरी निरिक्षक कमलबहादुर रजौरेका अनुसार डुम्रे–बेसीशहर सडकखण्डको तनहुँको भानु–२, आम्बोटेमा फेला परेको २५ हजार २ सय २० रुपैयाँसहितको पर्स र महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई प्रहरी कार्यालयमा बोलाएर फिर्ता दिईएको हो ।
हराएको पैसा र कागजपत्र पाएपछि तनहुँ, भानु–३, तुरतुरेका विनोदकुमार श्रेष्ठले खुसी व्यक्त गरे । ‘बिहान डुम्रेबाट ट्याक्टर चढेर आउँदै थिएँ । कहाँ खसेछ, थाहै भएन । २/३ पटक ओहोरदोहोर गरेर खोजें, भेटिन, त्यति नै बेला फोन आयो र यहाँ (लमजुङ) आएँ,’ नेपाली सेनाका सेवानिवृत्त जमदार श्रेष्ठले भने ।
उक्त रकमसहितको पर्स डुम्रेबाट बेसीशहरतर्फ आउँदै गरेका महानिर्देशकको टोलीमा रहेका सवारी चालकले सडकमा देखेपछि टिपेर प्रहरी कार्यालय ल्याएका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...