काठमाडौ, जेठ २३ । नेपालवाट नेपालमा नै र विश्वका अन्य विभिन्न मुलुकमा टेलिफोन गर्दा लाग्ने शुल्क विश्वकै आठौं सस्तो रहेको छ । केही बर्ष अगाडीसम्म महँगो रहेको टेलिफोन शुल्क निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रवेशसँगै बढेको प्रतिष्पर्धाले घटाएको हो ।
नेपाल दूर सञ्चार प्राधिकरणका अनुसार हाल नेपालभित्रै र वाहिर फोनगर्दा लाग्ने शुल्क विगत एक दशकको तुलनामा अत्याधिकरुपमा घटेको छ । मोवाइल सेवामा निजी क्षेत्रको कम्पनि एनसेलको प्रवेशसँगै बढेको प्रतिस्पर्धाले यसरी उल्लेख्यरुपमा शुल्क घटेको प्राधिरकणले जनाएको छ ।
नेपालवाट हुने आउट गोईङ्ग शुल्क आईटियूकै अध्ययनका अनुसार पनि विश्वकै आठौं सस्तो दरमा झरेको छ । एनसेलको प्रवेश पश्चात आउट गोईङ्ग शुल्क घट्नुकासाथै इनकमिङ्ग शुल्क र आन्तरिक रोमिङ्ग समेत पुरै हटेको आईटियूकै अध्ययनले देखाएको छ ।
मोबाईलको पहुँच विस्तार भएपश्चात अहिले मोबाईल प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारको रुपमा स्थापित हुन थालेको छ । नागरिकले मोबाईलबाटै अद्यावधिक सूचना, समाचार, ज्ञान हासिल गर्दै अवसरहरुको पहिचान र लाभ लिन सकिरहेका छन् ।
एनसेलको नेटवर्कले आज हजारौं स्थानिय तथा विदेशी पर्यटकलाई आकस्मिक अवस्थामा मद्दत प्राप्त गर्न तथा जीवन रक्षा गर्न सघाई रहेको छ । जसका कारण आम ग्राहक अहिले एनसेलको सेवाप्रति आकर्षित भैरहेका छन् । आम ग्राहकको चाहनालाई मध्य नजर गर्दै एनसेलले आफ्नो सेवालाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्धता समेत जनाएको छ ।
ऐनसेलले भ्वाईस सेवाको विस्तार ७५ वटै जिल्लामा गरिसकेको छ । शुरुका दिनमा डेटा सेवा मुख्यतः शहरकेन्द्रित रहे पनि एनसेलले ३ जी विस्तार तथा सुलभदरका प्याकहरु मर्फत त्यसको प्रबद्र्धन गरिरहेको छ । जसले गर्दा आजको दिनमा ग्रामिण तथा दुर्गम जिल्लामा समेत ग्राहकहरुले अनलाईन समाचार, ईमेल तथा फेसबुक चलाइरहेका छन् ।
हाल एनसेलले ६३ जिल्लामा थ्रिजी सेवा विस्तार गरिसकेको छ र यो विस्तारको क्रम निरन्तर चलि नै रहेको छ । इन्टरनेटको क्षेत्रमा ऐनसेलको प्रवेश अगाडि अत्यन्तै न्युन मानिसको पहुँचमा मात्रै इन्टरनेट सेवा थियो । अहिले ६३ जिल्लमा इन्टरनेट सेवा पुग्नुमा एनसेलकै प्रमूख देन रहेको पाइन्छ ।
एनसेलले देशको कुल ग्राहस्थ उत्पादनमा करिब २ प्रतिशत योगदान पुर्याएको छ भने सरकारको राजश्व ढुकुटीमा पनि प्रत्येक वर्ष कुल ग्रार्हस्थ उत्पादनको करिब १ प्रतिशत बराबरको योगदान पु¥र्याइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...