-->
मुग्लिन-नारायणगढ सडक असारदेखि दिउँसोमा बन्द नहुने

चितवन–मुग्लिन–नारायणगढ सडक खण्ड मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द रहने गरेकोमा आउँदो असार एक गतेदेखि यो समयमा पनि सञ्चालन हुने भएको छ ।  

नारायणगढ मुग्लिन सडक आयोजना कार्यालयले आइतबार सूचना निकालेर सो जानकारी गराएको हो ।

सो सडक गएको माघ २८ गतेदेखि दिउँसो चार घण्टा बन्द रहँदै आएको छ ।

नारायणगढ मुग्लिन सडक पूर्व तथा पश्चिम नेपालका गाडीहरु काठमाडौं र पोखरा जाने आउने मुख्य मार्ग हो । सो सडक खण्ड दुई लेनको बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि पहाड खन्ने काम सुरु भएसँगै दिउँसो चार घण्टा अत्यावश्यक सेवाका साना गाडीहरु बाहेक अरु गाडीहरु चलाउन रोक लगाइएको थियो । तै पनि जामको समस्याले दुख दिन छाडेन ।

'असार एक गतेदेखि गाडी बन्द नगर्ने निर्णय भएको छ । त्यो बेलामा निर्माण सम्बन्धि काम अहिलेको जस्तो रफ्तारमा पनि हुँदैन । वर्षायाममा काम कमै हुने भएकाले दिउँसो गाडी नरोक्ने भएका हौं' आयोजनाका इन्जिनियर शिव खनालले भने । फेरि गाडी बन्द गर्नु परेमा अर्को सूचना जारी हुने उनले जानकारी दिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.