जेष्ठ २३, २०७३- तपाई सगरमाथा चढ्दै हुनुहुन्छ ? चोरबाट सावधान रहनुहोस है । यस वर्षको सगरमाथा चढ्ने सिजन सकिदै गर्दा त्यहाा चोरीका घट्नाहरु बढेको खबर आइतवारको हिन्दुस्तान टाइम्स दैनिकमा प्राथमिकताका साथ प्रकाशन भएको छ ।
सो पत्रिकाका अनुसार यसवर्ष सगरमाथा चढेका कम्तीमा ३ जनाले आफ्नो सिलिण्डर चोरी भएको बताएका छन् जसको अर्थ कसैलाई लाइफ सपोर्ट सामाग्रीबाट बञ्चित गर्नु हो ।
पश्चिम बंगाल पुलिसका एक कर्मचारी रुद्र प्रसाद हल्दारका अनुसार उनीहरुले २७ वटा अक्सिजनका सिलिण्डहरु लगेकोमा बेस क्याम्प ३ पुग्दा जम्मा आठ वटा मात्र बााकी थियो ।
एक जना आरोहीलाई सगरमाथा आरोहणको क्रममा आठ सिलिण्डर अक्सिजनको आवश्यकता पर्छ । उनले एकातर्फ यसपट मौसममा आएको खराबीको कारण लामो समय वेसक्याम्पमा बस्नु परेको अवस्थामा अक्सिजन सिलिण्डर चोरिएको बताए ।
त्यसैगरी अष्ट्रेलियन आरोही एड्रियन वालिङगरले पनि अक्सिजन सिलिण्डरदेखि पालसम्म चोरिएको गुनासो गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...