-->
चट्याङ लागेर एक महिलाको मृत्यु

तुलसीपुर (दाङ), जेठ २३ गते । दाङमा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मानपुर गाविस–३ मज्गै निवासी ५५ वर्षीया मनकुमारी कुमाल रहेकी छन् । शनिबार साँझ मानपुरको वैशपुर भन्ने स्थानमा गाई चराउँदै गरेकी कुमाललाई चट्याङ लागेको थियो ।

चट्याङबाट घाइते भएकी कुमालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.