हंगेरीको राजधानी बुडापेस्टमा आयोजना हुने आइएनबीए फीटनेश वल्र्ड च्याम्पियनशिपमा अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै तीन नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाली मुलका तिन खेलाडी सन्तोष श्रेष्ठ र उनको टीम प्रकृती श्रेष्ठ र सन्जीव चौधरी प्रतियोगितामा सहभागि हुन नेपाल र अस्ट्रेलियाको झण्डा बोकेर त्यसतर्फ प्रस्थान गरेको हुन्।
यसअघिका बिश्व च्याम्पियनशिपमा सन्तोषले कुल तीन स्वर्ण पदक जितेर तहल्का मच्चाइसकेका छन्। सन्तोष फीटनेश वल्र्ड च्याम्पियनशिपमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन।
यस पटक अस्ट्रेलियाब्यापी प्रो छनोटमा सन्तोषसँगै उनका प्रशिक्षार्थी प्रकृती श्रेष्ठ र सन्जिव चौधरीले विश्व च्याम्पियनशिपका लायि प्रो कार्ड हात पारेका थिए ।
यसअघि आफ्नै पहलमा प्रतियोगिता र पदक जितेका यी खेलाडीहरुलाई यस पटक भने नेपाली समाजका अगुवाहरुले एक कार्यक्रमबिच बिदाइ गरेका छन्। नेपाल अस्ट्रेलियन युथ एशोसिएसन (नया)ले बिदाइ कार्यक्रमको आयोजना गर्दै यो अवसर जुटाइदिएको हो।
नयाले खेलाडीहरुलाई आर्थिक सहयोगका साथै सन्तोष श्रेष्ठलाई सिड्नी बुडापेस्ट सीडनी हवाइ टिकट उपलब्ध गराएको थियो।
कार्यक्रममा एनआरएन आइसीसीका युथ कोर्डिनेटर विजय पोखरेल, ओसनीया संयोजक महेन्द्र लम्साल ,एनआरएन अस्ट्रेलियाका न्यु साउथवेल्स संयोजक दिनेश पोखरेल ,क्वीन्सल्यान्ड संयोजक अभिमानसिंह बस्नेत , भिक्टोरीया संयोजक केशव कडेंल ,एनआरएन अस्ट्रेलियाका सह सचिब भिष्म भण्डारी लगायतले खेलाडीहरुलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिनिधित्व अस्ट्रेलियाको गरे पनि आफू नेपाली भएकोले मन मुटु नेपालकै धडकिने सहभागी खेलाडी सन्तोष श्रेष्ठले सेतोपाटीसँग भने। यस अघि थुप्रै पटक पदक जितेपनि यस पटक भने सीडनीमा नेपाली समुदायकातर्फवाट अभिनन्दित हुन पाउनु गर्वको कुरा भएको श्रेष्ठले बताए।
पहिलो पटक बिश्व च्याम्पियनशिपमा सहभागि हुन लागेका सन्तोष श्रेष्ठले यो माया र ममताले आफूलाई पदक जित्ने कुरामा थप आत्मबल प्रदान गरेको सुनाए।
कार्यक्रममा भब्य बिदाइ देखेर अलमलमा परेकी पहिलो नेपाली फीटनेश मोडल प्रकृती श्रेष्ठले यो सम्मानवाट आफूहरु नतमस्तक भएको बताइन्।
नेपाली चेली प्रकृती श्रेष्ठले मेलवर्नमा अन्तर राज्य फीटनेश च्याम्पियनशिपमा प्रकृतिले दोहोरो स्वर्ण पदक जितेर बिश्व च्याम्पियनशीपमा नाम लेखाएकी थिइन्।
प्रकृतीले ओपन स्पोर्टस मोडल र ओपन फीटनेश मोडलको उपाधि जितेकी हुन्।
कार्यक्रममा नयाका अध्यक्ष कोमल पाठकले देशको झन्डा बोकर बिदशेमा मुलुकको नाम उँचो पार्ने खेलाडीहरुलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए।


0 comments
प्रतिक्रिया दिनुहोस्...