-->
नौ सेनाको तालिमका क्रममा टेक्सासमा मृत्युः अमेरिकी सेना

वासिङ्टन, २३ जेठ । अमेरिकी सेनाले आफ्ना नौ जना अधिकारीको तालिमका क्रममा टेक्सासमा बाढीमा परी मृत्यु भएको पुष्टि गर्दै छानबिन सुरु गरेको बताएको छ ।


शनिबार सिङ्गापुरमा, सुरक्षा सम्मेलन सकिएपछि पत्रकारसँगको कुराकानीमा अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले तालिमका लागि हिँडेका सेना चढेको गाडी नदीमा पल्टिँदा नौ जना सेनाको मृत्यु भएको र यसबारे छानबिन सुरु गरिएको बताउनुभयो ।
सेनाले चार जवानको मृत अवस्थामा शुक्रबार उद्धार गरेको छ भने अन्य नदीमा हराएका पाँच सैनिक अधिकारीको शवलाई बिहीबार नै उद्धार गरिएको थियो ।
नदीबाट जीवित उद्धार गरिएका तीन सैनिक अधिकारीको स्वास्थ्यस्थिति स्थिर रहेको अमेरिकी सेनाका मेजर जनरल जोन उवेतीले बताउनुभयो ।
अमेरिकाको उत्तरपश्चिमस्थित हस्टन सहरबाट ३२० किलोमिटर टाढा रहेको फर्टहुड सैनिक शिविरबाट तालिमका लागि हिँडेका सैनिक अधिकारीको दुई दिनअघिको दुर्घटनामा मृत्यु भएको हो । एएफपी
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.