-->
मनिषाकी आमा भन्छिन मनिषाले आत्महत्या गर्नै सक्दिन यो हत्या नै हो


‘प्रहरीले अहिले घटनाको अनुसन्धानबारे हामीसँग सोधपुछ नै गरेन

काठमाडौं जेठ २१ | केहि दिन अघि छोरीको रहस्यमय मृत्युको बज्रपात सहेकी धनमाया अझै पनि भावविव्हल छिन् । विमल ठूलो बुबाको घरमा सुत्न गएका रहेछन् । घरमा विमलकी धर्म बहिनी र मनिषाकी साथी बसिरहेका थिए । आफन्त, छिमेकी र शुभचिन्तकहरु आउने र सान्त्वना दिएर जाने क्रम चलिहरेको थियो ।
१७ वर्षको उमेर पुगेकी छोरी गुमाएकी धनमाया अझै सम्हालिन सकेेकी छैनन् । उनी धेरै बोल्न पनि सक्दिनन् । मनिषाको कुरा गर्यो कि उनको आँखा रसाइहाल्छ । उनीको पनि विमलकै जस्तो गुनासो छ । उनले भनिन्, ‘प्रहरीले अहिले घटनाको अनुसन्धानबारे हामीसँग समन्वय नै गरेन । छोरा देशको लागि खेलिरहेको छ तर, सरकारले केही गरेको छैन । मनिषा आत्महत्या गर्न निकै डराउने मान्छे हो । मनिषाले आत्महत्या गर्नै सक्दिन यो हत्या नै हो । दोषीलाई कडा कारवाही हुनुपर्छ ।लाइटनेपालबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.