-->
प्रधानमन्त्री बन्ने रहर छैनः प्रचण्ड

दोलखाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अहिले नै प्रधानमन्त्री बन्ने हतारो र रहर नभएको बताएका छन् । 
 
‘अहिलेको मेरो प्रयास राष्ट्रिय सहमति जुटाउने हो । कांग्रेस र मधेसवादीसहितका शक्तिहरु सहमतिमा आए भने मात्रै म प्रधानमन्त्री बन्छु’, नेकपा माओवादी केन्द्र दोलखाको चौथो एकता सम्मेलनलाई चरिकोटमा सम्बोधन गर्दै उनले भने, ‘हामीले १६ बुँदे बनाउँदा खेरि नै संविधान कार्यान्वय गर्ने बेलासम्म, स्थानीय निर्वाचन र प्रादेशिक निर्वाचन नगरेसम्म सबै शक्ति एकै ठाउँमा बस्ने सहमति भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन गर्ने प्रयासमा म सक्रिय छु ।’
 
अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिकै लागि ओली सरकारको समर्थन गरेको बताउँदै आफू सरकार ढाल्ने र बनाउने खेलमा रहेको नबुझ्न पनि आग्रह गरे । 
 
सरकार संकटमा परेको बेला सरकार परिवर्तन गरी बहुमतीय सरकार गठन गर्नुको कुनै औचित्य नभएको बताउँदै उनले त्यही कारण आफू प्रधानमन्त्री बन्न बाट पछि हटेको बताए । 

एमालेसँग भएको नौ बुँदे सहमतिमा बजेट सार्वजनिकपछि राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको बताउँदै उनले घुमारोपारामा एमालेलाई सहमति नभुल्न आग्रह गरे । 
 
उनले ऐतिहासिक संविधान कार्यान्वयन गर्न निकै कठिन रहेको बताउदै प्रमुख शक्तिहरुलाई बाहिर राखेर सरकार बनाउन नहुने बताए । 

संविधान कार्यन्वयनमा नेपाली काग्रेस सहित मधेसवादी दलहरुको भूमिका आवश्यक रहेको भन्दै सहमतीय सरकारको लागि समेत सबैलाई आव्हान गरे । 

प्रचण्डले एक अर्को प्रसङ्गमा बोल्दै माओवादीहरु अब एकताको पक्षमा लागेको भन्दै केही दिन भित्रमा वैद्य माओवादी र विप्लप माओवादीसँग पनि एकीकरण हुने दाबी गरे । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.