-->
हराएका ७ वर्षे बालक ७ दिनपछि जंगलमा भेटिए, भन्छन् - मलाई भोक लाग्यो

जेठ २१ - जापानमा गएको शनिबार हराएका सात वर्षे बालक शुक्रबार घना जंगलमा भेटिएका छन् । उद्दार टोलीले भेट्ने बित्तिकै उनले भने, ‘मलाई भोक लागेको छ ।’ 
बालक यामाटो तानुका बदमाश भएको भन्दै उनका अभिभावकले कारबाट निकालेर सजाय दिन सडकमै छाडिदिएका थिए । केही मिनेट पछि उनीहरु त्यहाँ पुग्दा बालक हराइसकेका थिए । 
बालक हराएको ठाउँबाट केही किलोमिटर पर जंगलमा भेटिएका हुन् । 

आक्रामक भालुहरु भएको घना जंगलबाट सात दिनपछि सकुशल उद्दार गरिएका ति बालक देखेर मानिसहरु आश्चर्यमा परेका छन् । 
‘मेरो रिसले गर्दा छोरोले निकै दुःख खेप्नुपर्यो’ बालकका बाबु ताकायुकी तानुकाले भने, ‘म मेरो छोरा, उद्दारमा संलग्न मानिसहरु, उसको विद्यालय सबैसँग माफी माग्न चाहन्छु ।’ 
७ दिनसम्म केही खान नपाएका ति बालकलाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको छ । उनी जंगलको बिचको रहेको आर्मिले अभ्यास गर्ने क्याम्पभित्र भेटिएका हुन् । 
बन्द रहेको क्याम्पभित्र रहेका ती बालकलाई आर्मिले ढोका फुटाएर निकालेका हुन् । आर्मि देख्ने बित्तिकै उनले आफूलाई भोक लागेको उद्दारमा संलग्न आर्मिलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.