-->
संविधान कार्यान्वयन गर्न १६ बुँदे काफी : प्रधानमन्त्री

विराटनगर, जेठ २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन गर्न १६ बुँदे सहमति नै काफी रहेको बताउनुभएको छ । विराटनगरमा बिहीबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दलहरुबिच संविधान निर्माणको प्रक्रियामा भएको १६ बुँदे सहमतिले नै संविधान कार्यान्वयन गर्नेे बताउनुभयो ।  

१६ बुँदे कार्यान्वयनका लागि नेपाली कांगे्रससहितको राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले यो बेलामा संविधान कार्यान्वयन, देशको आर्थिक उन्नती, कानुन निर्माण, संविधानले ब्यवस्था गरेका संरचना बनाउन र निर्वाचन गराउने सम्मको कामका लागि सहमति आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो ।   

प्रधानमन्त्री ओलीले हरेक कुरालाई नकारात्मक रुपमा लिएर सरकारले गरेका राम्रो कामको विरोध गर्न छाडेर वार्ता र संवादमा आउनु सबै दललाई आग्रह गर्नुभएको छ ।  



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.