देवगुरु, वृहस्पति धनु र मीन राशीका स्वामी ग्रह हुन् । सामान्यतया गुरुले शुभ फल दिने गर्दछन् तर अन्य खराव ग्रहहरु गुरुको नजिक आए अथवा गुरु आफ्नो नीच राशीमा रहन गए भने गुरु अनिष्टकारी हुन्छन वा अशुभ फल दिने गर्दछन् जसका कारण मानिसहरु आर्थिक, मानसिक,शारिरिक र पारिवारिक रुपमा चिन्तित हुन पुग्दछन् ।
त्यसैले गुरुको पुजा गरेर हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ, वा तपाई आर्थिक समस्याको सामना गरिरहनु भएको छ, कुनै काम गर्दा त्यसमा असफल भईरहनु भएको छ भने हामी तपाईलाई केही उपायहरु बताउँछौं जसबाट तपाई धन प्राप्त गर्न सक्नु हुन्छ ।
१. विहीबार ब्रह्ममुहुर्तमा उठेर सबै काम छोडेर भगवानको नमस्कार गर्नुहोस्, यस पछि घिउमा बत्ति बालेर भगवान विष्णुको पुजा गर्नुहोस् । विधिविधान अनुसार पुजा गरेपछि विष्णुको सहस्रनाम पाठ गर्नुहोस् ।
२ . विष्णुको पुजा गरेपछि चन्दनको तिलक लगाउनुहोस, वा चन्दन छैन भने वेसारको पनि तिलक लगाउन सक्नु हुनेछ ।
४ .विहीबारका दिन वुवा आमा तथा गुरुको आर्शिवाद लिनुहोस जुन आर्शिवाद गुरु ग्रहको आर्शिवाद मानिन्छ । यस ग्रहको प्रसन्नताको लागि पहँलो वस्त्र उपहार स्वरुप दिनुहोस तपाईलाई त्यस दिन उनिहरुको आर्शिवाद लाग्न सक्छ । जसले तपाईलाई धेरै लाभ मिल्छ ।
५. साँझको समयमा केराको रुखको मुनि दियो बालेर लड्डु या वेसनको मिठाई चढाउनुहोस् र सबै मानिसहरुलाई बाँड्नुहोस यसले तपाईलाई फाइदा मिल्नेछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...