-->
अखाद्य दाल डब्लुएफपीले फिर्ता लग्यो


नेपालगञ्जः  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले भुकम्पपिडितलाई बाड्न ल्याएको अखाद्य दाल फिर्ता लगेको छ ।

भूकम्पपीडितका नाममा आएको करिब एक हजार मेट्रिक टन अखाद्य  दाल डब्लुएफपीले भारत तर्फ फिर्ता लगेको हो । बिहीबारसम्ममा बाँकेका दुई गोदामा  रहेको ९४१ मेट्रिक टन दाल फिर्ता लगेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख विमलकुमार दाहालले जानकारी दिए ।

अखाद्य भनेर प्रमाणित भएको सो  खेसरी मिसिएको केराउको दाल एक बर्षदेखि बाँकेको खजुरास्थित कपास विकास समिति र पार्वतीपुरको विश्व खाद्य कार्यक्रमको गोदाम रहदै आएको थियो । ६ सय मेट्रिक टन खजुरा थियो भने बाँकी पावर्तीपुरमा थियो।

बिहीबार सबै दाल गयो, कार्यलय प्रमुख दाहालले भने, ‘घाँडो पन्सियो,'   डब्लुएफपीले गत बर्ष बैशाख १२ गते भुकम्पपछि प्रभावित जिल्लामा पठाउनको लागि  चामलसहित राहत सामग्री नेपाल  ल्याउने क्रममा  खसेरी मिसिएको केराउको अखाद्य दाल ल्याएको थियो ।   

भुकम्पपीडितलाई बाड्न ल्याएको सो दाल अखाद्य भएको गत बर्ष नै संसदीय टोलीको अनुगमन पछि प्रमाणित भएको थियो ।

ससदीय टोलीले वितरणमा प्रतिबन्ध लगाएपछि  दाल भुकम्प  प्रभावित क्षेत्रम वितरण नभइ थन्किएको थियो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.