-->
पेट्रोल छर्केर आगो लागाए, म जलेको ट्याक्सी भित्रै थिएँः चालक

विहान तीन बजे कौशलटारबाट मान्छे पुर्याएर फर्कदै थिएँ । कोटेश्वरमा दुईजनाले ट्याक्सी रोके । कलंकी जाने भने । दुईसयमा लैजाने सहमति भयो । ट्याक्सीमा चढ्नासाथ एउटाले पेट्रोलको बोत्तल झिकेर गाडीमा छर्किन थाल्यो । मैले केही बुझ्नै सकिन । मैले बोत्तल त टिपेर बाहिर फ्याँक्के । मैले केही गर्नु पहिले नै ट्याक्सीमा आगो सल्काइदिए । केही मिनेट त मैले सोँच्नै सकिन । आगो दनदनी बलेको छ । म गाडी भित्र नै छु । मेरो हंसले ठाउँ छाड्यो । पछि बाहिर निस्केँ । प्रहरी र सशस्त्र प्रहरी आउनु भयो । ट्याक्सी तुरुन्तै बग्गीखाना लगियो । मेरो घर हैटौडा हो । पाँच वर्ष भयो ट्याक्सी चलाउन थालेको । परिवार र आफूलाई खर्च जुटाउन जानेको, गर्न सक्ने पेशा नै यही हो । रातभरको कमाई मसेत ट्याक्सी संगै जल्यौ । कसले किन म माथि यस्...


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.