खोटाङ, जेठ २७ – नेपाली कांग्रेसका क्षत्रीय सभापति तिर्थराज भट्टराईको घरमा आगलागी भएको छ । दोर्पाचिउरीडाँडा–७ मा रहेको भट्टराईको घरमा बुधबार राति आगलागी भएको हो ।
दाउरा थुपारीएको ठाँउबाट अचानक आगो लागेकोे स्थानीय बासिन्दाले बताएका छन् । घरमा आगो लाग्नासाथ स्थानीय बासिन्दा र चिउरीडाँडा प्रहरी चौकीको टोलीले आगो निभाएर ठूलो क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिनुभयो ।
आगोलागीका कारण घरको बरन्डा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पूर्वाग्राही रुपमा अपराधिक दृष्किोणले घरमा आगो लगाइदिएको भट्टराईले बताएका छन् । घरमा आमा र श्रीमती मात्र भएको समयमा आगो लगाइदिएको उहाँको भनाई छ । आगोलागीका विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक माझीले बताउनुभयो । भट्टराई कांगे्रस खोटाङ क्षेत्र नम्बर दुईका क्षत्रीय सभापति हुनुहुन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...