स्नातक पढ्दै गर्दा नुवाकोटका दुईपिपल–८ राजओडारका रचन भुजेलले काठमाडौंमा कपडा पसलमा काम गर्नु भएको थियो । पसलको कमाईले पढाई खर्च धानेको थियो । तर उहाँलाई सरकारी जागिर खाने निकै रहर लाग्यो । ३ पटकसम्म लोक सेवा आयोगको परीक्षा पनि दिनुभयो, तर नाम निस्केन ।
त्यतिबेला कतारी रियाल ३२ सय अर्थात नेपाली ९० हजार ६ सय रुपैयाँ हातमा पार्नुहुन्थ्यो । त्यसपछि उहाँ सिधै एसिस्टेण्ट एरिया म्यानेजरमा बढुवा हुनुभयो । त्यसमा चाडपर्वको बेलामा बोनस पनि पाउनुहुन्छ । महिनाको डेढ लाख तलब खान थालेको दुई वर्ष भयो ।रचन बेलामा बेलामा घरमा आइराख्नु हुन्छ । अनि कहिलेकाहीँ आफ्नो परिवारलाई कतार घुमाउन पनि लैजानुहुन्छ ।
‘बेरोजगार थिएँ अहिले त कामसँगै एकदम राम्रो कमाई छ’ रचन भन्नुहुन्छ ‘त्यसैले खुशी छु ।’ कतारको कमाईले खुशी त दिएको छ नै रचनसँगै उहाँको परिवारको अवस्था फेरिएको छ । कतारको कमाइले उहाँले धादिङ गल्छीबाट त्रिशुली जाने सडकको छेउमा घडेरी किनेर घर बनाउनुभएको छ । त्यति मात्र होइन उहाँले काठमाडौं र नुवाकोटको कोल्पुटारमा पनि घडेरी किन्नुभएको छ ।
विदेश गएर राम्रो प्रगती गरेका रचनलाई नेपालमै केही गरौँ भन्ने पनि नलागेको होइन । तर काम गर्ने वातारण छैन भन्ने लाग्छ । सरकारले रोजगारी नै दिन नसके पनि गरिखाने वातावरण मात्र मिलादिए फर्किएर नेपालमै सानो तीनो व्यवसाय गर्ने सोच पनि छ रचनको । ‘तर यदि त्यसो भएन भने परिवारसहित कतारमै बस्छु होला’ रचनले सुनाउनुभयो । इमान्दारिता, धैर्य र सहनशीलतालाई सफलताको खम्बा मान्ने रचन आफ्नो खुसी सफल वैदेशिक रोजगारी नै हो भन्नुहुन्छ ।
रचनले विदेश गएर लोभलाग्दो प्रगति गरेपनि धेरै नेपालीले दुःख पाएका खवर आइरहेका छन । त्यसमा पनि विदेश जाने नेपालीकै कमजोरी रहेको छ भन्नुहुन्छ रचन भुजेल । विदेश जानेमध्ये धेरै नेपालीले सीप नसिकी र जाने देशबारे जानकारी नै नलिइ जाँदा दुःख पाएको देखें भन्नुहुन्छ रचन ।
‘विदेशमा धेरै कमाइन्छ भन्ने मात्रै हुन्छ सीप सिकेर जानुपर्छ भन्ने चाहिँ हुँदैन’ रचनले भन्नुभयो ‘अनि आफूले सोचे जस्तो नभएपछि आन्दोलन गर्नतिर लाग्दा पनि नेपाली युवाहरु समस्यामा परेका छन ।’ कम्पनीको नियममा रहेर साहुलाई रिझाएर काम गर्न सके विदेशमा पनि राम्रो कमाउने धेरै ठाउँ रहेको उहाँ बताउनुहुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...