-->
फिफाका ३ जनालाई ५ वर्षमा बोनस मात्रै ८ अर्ब

जेठ २२ – फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको फिफाका वकिलले बताएका छन् । फिफाका तीन पूर्व उच्च अधिकारी सेप ब्लाटर, जेरोम भाल्का र मार्कस काट्नरले पाँच वर्षको अवधिमा तलब बृद्धी तथा बोनस गरी ८ करोड अमेरिकी डलर (झण्डै ८ अर्ब नेपाली रुपैयाँ) लिएको फिफका वकिलले बताएका हुन् । फिफाका पूर्व अध्यक्ष ब्लाटर, पूर्व महासचिव भाल्का र बर्खास्तीमा परेका पूर्व वित्त प्रमुख काट्नरले सन् २०११ देखि २०१५ को बिचमा यो रकम लिएका हुन् ।

स्वीस प्रहरीले बिहीबार काट्नरको पुरानो कार्यालयमा गरेको छापाको क्रममा भेटिएका कागजातबाट यस्तो खुलेको हो । फिफाले भ्रष्टाचार आरोपमा ब्लाटर र भाल्कासहितका पूर्व अधिकारीमाथि छानबिन गरिरहेको छ । त्यही क्रममा काट्नरको कार्यालयमा छापा मारिएको हो ।

ब्लाटर ६ तथा भाल्का १२ वर्षका लागि फुटबल सम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । काट्नरको कार्यालयबाट कागजात तथा त्यसको इलेक्ट्रोनिक कपी बरामद गरिएको र अहिले छानबिन चलिरहेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.