-->
ओबामाद्वारा ट्रम्पको कडा आलोचना ओर्लाण्डो गोलीकाण्डबारेको टिप्पणीबारे के भने ओबामाले?

Image copyrightAP

अमेरिकी राष्ट्रपति बराक ओबामाले ओर्लाण्डो गोलीकाण्डलाई लिएर रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्।

उनले मुसलमानहरुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने ट्रम्पको प्रस्तावले अतिवादीहरुको प्रोपोगाण्डालाई बढावा दिने बताए।

ओबामाले अमेरिकीहरुले डोनल्ड ट्रम्पले ‘भनेजस्तो अमेरिका’ नचाहेको बताए।

उनले अमेरिकी मुसलमानहरुलाई फरक व्यवहार गरिए त्यसले मुलुकलाई कम सुरक्षित तुल्याउनुका साथै पश्चिमा र मुसलमान विश्वबीच दूरी बढाउने उल्लेख गरे।

धर्मविरुद्ध युद्ध

ओबामाले भने, “आइसिल र अलकायदा जस्ता समूह यसलाई इस्लाम र अमेरिका वा इस्लाम र पश्चिमा जगतबीचको युद्ध बनाउन चाहन्छन्। यदि हामीले सबै मुसलमानहरुलाई एउटै डालोमा राख्ने गल्ती गर्यौँ भने हामी एउटा समग्र धर्मविरुद्ध युद्धमा हुनेछौँ र हामीले आतंकवादीले गर्ने जस्तै काम उनीहरुका लागि गरिरहेका हुन्छौँ।”

सोमबार ट्रम्पले अमेरिकाविरुद्ध आतंकवादी पृष्ठभूमि भएका मानिसहरुलाई सबै मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए।

ओर्लाण्डोमा गराइएको विध्वंसात्मक गोलीकाण्डले त्यसलाई पुष्टि गरेको ट्रम्पले बताए।

Image copyrightEPA

ओर्लाण्डोस्थित एउटा समलिङ्गी रात्रीक्लबमा अफगान मूलका अमेरिकी नागरिक ओमार मातीनले आइतबार गराएको गोलीकाण्डमा ४९ जनाको ज्यान गएको थियो।

प्रवेशमा प्रतिबन्ध

ट्रम्पले राष्ट्रपतिलाई अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउन सक्ने लागेको खण्डमा कार्यकारी अधिकारको प्रयोग गरी जुनसुकै व्यक्तिको प्रवेशमा एकलौटी ढंगले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने बताए।

तर मंगलबार आक्रोशित देखिएका राष्ट्रपति ओबामा ट्रम्पविरुद्ध पहिलोपटक निकै आलोचनात्मक रुपमा प्रस्तुत भए।

उनले धार्मिक लगायतको स्वतन्त्रताको जगमा अमेरिकाको निर्माण भएको बताए।

ओबामाले अमेरिकामै जन्मिएका मुसलमानबाट त्यस्ता आक्रमणहरु हुने गरेको स्मरण समेत गराए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.