-->
एनसेल टावरमा क्षति पुर्याउने नेकपा माओवादीका जिल्ला स्तरीय नेता पक्राउ

बनेपा, १ असार, एनसेलको टावरमा क्षति पुर्याएको आरोपमा प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेल टावरमा क्षति पुर्याउने नेकपा माओवादीका जिल्ला स्तरीय नेतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लास्तरीय ती नेतालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको प्रहरी नायव उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनीहरुलाई यही जेठ २९ गते राति एनसेल टावरमा क्षति पुर्याएको आरोप लगाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.