-->
सेक्स गर्न सरकारले कर्मचारीलाई छुट्टी दिने

काठमाडौं, । विभिन्न मुलुकका सरकारले विभिन्न रोचक तथा अनौठो निर्णयहरु गर्ने गरेका छन् । पत्याउन गाह्रो पर्ने निर्णय गरेर विश्वलाई आश्चर्यमा पार्ने गरेका छन् ।

यस्तै निर्णय गरेको छ –डेनमार्कले । जनसंख्या कम हुँदै गएपछि चिन्तामा परेको डेनमार्कले जनसंख्या बढाउन आफ्ना कर्मचारीलाई सेक्सका लागि छुट्टी दिने भएको छ । जनसंख्या वृद्धि गर्न नागरिकलाई शारीरिक सम्बन्ध (सेक्स) राख्नका लागि प्रोत्साहन स्वरुप सरकारी छुट्टीको व्यवस्था डेनमार्कले गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विदा लिएर आफ्ना सेक्स पार्टनरका साथ सम्बन्ध राखि जनसंख्या वृद्धिमा सरकारलाई सहयोग गर्न डेनमार्कले आफ्ना कर्मचारीलाई आग्रह गरेको छ । डेनमार्कको अहिले जन्मदर १.७ प्रतिशत रहेको छ । जस कारण उसले उक्त कदम चालेको सञ्चार माध्यमहरुले जनाएका छन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.