-->
सिन्धुपाल्चोक केन्द्र गरी ४.४ रेक्टरको भूकम्प

२१  जेठ, काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान ५ बजेर १० मिनेट जाँदा भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको सेरमाथाङ आसपास केन्द्रविन्दु बनाएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पाँच दिन अघि सिन्धुपाल्चोक नै केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प मापन गरिउको थियो । गत वर्ष वैशाख १२ को शक्तिशालि भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.