-->
कमेडीयन राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश

नयाँदिल्ली । बालिवुड अभिनेता तथा कमेडीयन राजपाल यादवलाई दिल्ली हाईकोर्टले १५ जुलाईभित्र बिहारको तिहाड जेलमा आत्मसमर्पण गर्न आदेश दिएको छ । यादवले पूरा गर्न बाँकी ६ दिन सजाय काटन आदेश दिएको हो ।


राजपाल यादवले यो सजाय झूठा विषयको मागदाबीसहित निवेदन दिएको विषयमा सजाय दिइएको हो । उनले २०१३ मा गलत माग अदालतमा निवेदन दिएका थिए ।

यादवले ३ देखि ६ डिसेम्बर २०१३ सम्म चार दिन तिहाड जेलमा सजाय भोगी सकेका छन् । पछि हाईकोर्टको खन्डपीठ अपीलमा उनको निलंबित गरिएको थियो ।


न्यायाधीश एस रवीन्द्र भट्ट र दीपा शर्माको बेञ्चले राजपाल यादवलाई यसअघि दिइएको सजाय यथावत राख्ने फैसला गरेको थियो ।

दिल्लीका व्यापारी एमजी अग्रवालले पाँच करोड रुपैया ऋण फिर्ता गर्न नमानेको भन्दै राजपाल यादव र उनकी पत्नीविरुद्ध कानुनी प्रक्रियामा गएका थिए । – एजेन्सी




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.