-->
‘अब २ घण्टाभन्दा बढी लोडसेडिङ हुँदैन’

काठमाडौं, जेठ २२ – उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अब वर्खाको समयमा दुई घण्टाभन्दा बढी लोडसेडिङ नहुने दावी गर्नुभएको छ ।

यस्तै आगामी मंसिर महिनादेखि लोडसेडिङ ५ देखि ६ घण्टाभन्दा नबढ्ने भन्दै उहाँले भन्नुभयो, ‘यो वर्ष हाईड्रोपावरबाट १ सय २५ मेघावाटभन्दा बढी विजुली उत्पादन हुने देखिँदैन । त्यसैले हामीले लोडसेडिङ न्यून गर्न विकल्पको लागि सोलार, विन्डपावर र थर्मल प्लान्टको विषयमा छलफल अघि बढाएका छौँ ।’

शनिबार रिपोर्टस क्लबमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री रायमाझीले दुई वर्षमा लोडसेडिङ अन्त्य गर्ने गरी दशौ वर्षदेखि अड्किएर रहेको ढल्केबर–मुर्जफरफुर प्रसारण लाइन आफ्नो नेतृत्वमा निर्माण सम्पन्न भएको, ढल्केबर–खिम्ती र ढल्केबर–हेटौडा प्रसारण लाइनको काम तीब्र रुपमा अघि बढेको र विद्युत चुहावट नियन्त्रणको लागि समेत संयन्त्र अघि बढाइएकोले केहि समयमा नतिजा आउने दावी गर्नुभयो । 

उहाँले डेभलपरले नै थर्मल प्लान्ट ल्याएर उर्जा उत्पादन गरेपछि त्यसको पिपिए गरेर खरिद गर्ने गरी छलफल भइरहेको भन्दै त्यसबाट उत्पादित विजुलीको भार नागरिकलाई नपर्ने गरी डेडिकेटेड फिडरमार्फत वितरण गर्ने जानकारी दिनुभयो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.