हावाबाट बिजुलि निकाल्छु भन्दा छक्क पर्छन ग्यास चुल्होमा पुर्याउछु भन्दा हास्छन,कुरा
काटेर बस म अगाडि बढिरन्छु
काठमाडौ -मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्याश गर्न मंगलवार सुर्खेत आएका प्रधानमन्त्री ओलीले अर्को वर्षको मंसिरसम्म वर्तमान सरकार रहिरहने जिकिर गरे ।
‘जता गयो त्यहाँ सरकार परिवर्तन कहिले हुन्छ भन्छन्, सरकार अवश्य परिवर्तन हुन्छ’, उनले भने, ‘तर पहिला यो सरकारले संसदको चुनाव गराउँछ, त्यसपछि कसैले नभने पनि म आफै विदा लिन्छु ।’
आफू विकास गर्नका लागि प्रधानमन्त्री बनेको भन्दै उनले अबको दुई वर्षभित्र मुलुकमा विकास नभए जनताको सजाय भोग्न तयार रहेको उल्लेख गरे ।
देशमा ढिलो काम गर्ने बानीको संस्कारले जरा गाढेको बताउँदै प्रधानमन्त्री ओलीले आफूले छिटो गतिमा विकास गर्छु भन्दा अल्छीहरु छक्क परेको टिप्पणी गरे ।
‘हावाबाट बिजुली निकाल्छु भन्दा मान्छेहरु हाँस्छन्, ग्याँस चुल्होमा पु¥याउँछु भन्दा छक्क परेका छन्’ प्रधानमन्त्रीले भने, ‘ढिला काम गर्ने बानी परेकाहरु कुरा काटिरहन्छन्, म काम गर्दै अगाडि बढ्छु । अबको १५ महिनाभित्र देश तुइनमुक्त हुनेछ । बरु फोटो खिचेर राख्नुस्, भविष्यमा सन्तानलाई तुइन यस्तो थियो भनेर देखाउन काम लाग्छ ।’
विकासमा बजेटको अभाव देखाउने संस्कार हाबी भएको भन्दै प्रधानमन्त्रीले थपे,‘यो केवल बहाना मात्र हो, तपाईंहरु विकास गर्नुस्, दुनियाँको जुनसुकै स्थानबाट पनि म पैसा ल्याएर दिन्छु । मेरो पालामा कोही भोकै मर्दैन, म चामल पु¥याउनेछु ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...