राज्यहरुमा हुने पार्टीगत चुनावमा जित्ने आकांक्षीले सम्बन्धित राज्यबाट पार्टीमा रहेका प्रतिनिधिहरुको समर्थन पाएको ठानिन्छ । तर आधिकारिक घोषणा भने जुलाईको अन्तिममा पार्टीको सम्मेलनको समयमा हुनेछ ।
एपीले भनेको छ, 'यो संख्या गत सप्ताहन्तमा क्लिन्टनका प्रतिस्पर्थी बर्नी स्यान्डर्सलाई पोर्टो रिकोमा उनले हराएपछि पुगेको हो । यदि जुलाईमा हुने घोषणामा पार्टीले उनको संख्यालाई मान्यता दिए अमेरिकाको मुख्य राजनीतिक पार्टीको तर्फबाट उम्मेदवारी पाउने उनी पहिलो महिला हुनेछिन् ।
मनोनयनका लागि उनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले भने हिलारी समर्थकको भनाईमा शंका व्यक्त गरेका छन् । उनले भनेका छन् , 'हिलारीले जितिसकेकी छैनन् । उनको नामांकनमा सुपरडेलिगेट्सले मत जाहेर गर्न बाँकी छ । जुलाईसम्म मैदानमा म पनि छु ।'
एपीले भनेको छ, 'पोयर्टो रिकोमा ठूलो जित हासिल गरेपछि र अन्तिम समयमा पार्टी िभत्रका 'सुपरडेलिगेट्स' हरुले समर्थन गरेपछि क्लिन्टनले आवश्यक संख्या पाएकी हुन् । एपीले जनाए अनुसार क्लिन्टनले स्यान्डर्स भन्दा तीनलाख मत, २ सय ९१ प्रतिबद्ध प्रतिनिधिहरु र ५ सय २३ 'सुपरडेलिगेट्स' हरु सहित अग्रता लिएकी छन् ।
यो समाचार बाहिर आएपछि क्यालिफोर्नियास्थित लङ बिचमा देखिएकी क्लिन्टनले भनिन् 'हामी एउटा ऐतिहासिक र पहिला कहिल्यै नभएको क्षणको संघारमा छौं । तर हाम्रो काम सकिएको छैन । अझै बाँकी छ ।' उनले भनिन् 'भोलि हाम्रा ६ वटा निर्वाचनहरु छन् र हामीले प्रत्येक एक मत पाउनका लागि कठिन लडाइँ गर्नेछौं । खासगरी क्यालिफोर्नियामा ।'
मतदाताहरुले बुधबार क्यालिफोर्नियासहित मोन्टाना, न्यु मेक्सिको, नर्थ डकोटा, साउथ डकोटा र न्यु जर्सीले डेमोक्रेटिकका प्रारम्भिक मनोनयनका लागि मतदान गर्नेछन् ।
सुपरडेलिगेट्सले अधिवेशन आउन लाग्दा उम्मेद्वारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् तर अधिवेशन नआउँदासम्म औपचारिक रुपमा भने मतदान नगर्ने भएका छन् ।
पार्टीको आ–आफ्नो अधिवेशन नहुँदासम्म कुनै पनि पार्टीका लागि मनोनितहरु आधिकारिक रुपमा घोषणा गरिएका छैनन् ।
जानकारहरले हिलारीको उपलब्धिलाई ऐतिहासिक भनेका छन् । अमेरिकाको राष्ट्रपति चुनावमा कुनै पनि महिलालाई उमेदवार बन्न पनि २२७ साल लागेको उनीहरुको बताए ।
हिलारी राष्ट्रपति उमेद्वार !
अमेरिका–अमेरिकाको आगामी कार्यकालको राष्ट्रपतिको प्रतिस्पर्धाका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट हिलरी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या प्राप्त गरेकी छिन् । अमेरिकी समाचार संस्था एपीले बताए अनुसार हिलारीलाई २ हजार ३ सय ८३ प्रतिनिधिले समर्थन गर्ने भएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...