बाबुरामको नयाँ पार्टी घोषणा कार्यक्रमको उद्घाटनमा प्रचण्ड प्रमुख अतिथी !
काठमाडौ । माओवादीबाट बाहिरिएर नयाँ शक्ति निमार्ण गर्ने अभियानमा सक्रिय नेता डा. बाबुराम भट्टराईले विदेशीहरुलाई साक्षी राखेर नयाँ शक्ति नेपाल नामको नयाँ पार्टी घोषणा गर्ने भएको छ । आगामी ३० जेठमा दशरथ रंगशालामा विदेशीहरुका आधिकारिक प्रतिनिधिलाई मञ्चमा राखेर भट्टराईले
पार्टी घोषणा गर्न लागेका हुन् । नामै नयाँ शक्ति भएकाले हरेक कुरामा अरु भन्दा भिन्न पहिचान देखाउने नाममा भट्टराईले विदेशीहरुलाई साक्षी राखेर पार्टी घोषणा गर्न लागेको विषयमा भने निकै चर्चा पाउन थालेको छ । पार्टी घोषणा कार्यक्रममा उनले नेपालस्थित २२ वटा कुटनीतिक निकायका प्रमुखलाई सहभागिताका लागि निम्तो पठाएका छन्। पार्टी घोषणा कार्यक्रममा अतिथीको रुपमा सहभागी बन्न उनले डिर्भास गरिसेकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापती शेरबहादुर देउवा, लगायतका नेता सरकारी उच्च अधिकारी, पत्रकार, कलाकार देखि समाजका बिभिन्न क्षेत्रका व्यक्तिको लाई निमन्त्रण पठाएका छन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...