-->
बग्दादमा विस्फोट १६ को मृत्यु

बग्दाद–इराकको राजधानी सहर बग्दाद नजिकैको एक सहरमा शनिबार इस्लामिक स्टेट समूहले गरेको बम विस्फोटमा परी १६ जनाको ज्यान गएको छ ।

मारिनेमा सबैजना सर्वसाधारण परेका छन् । शनिबार प्राप्त समाचारमा उक्त आक्रमणमा परी अरु कैयौं व्यक्ति घाइते भएको पनि समाचारमा जनाइएको छ ।

आईएसका लडाकूले एक ब्यस्त बजारलाई निशाना बनाएको समाचारमा उल्लेख गरिएको छ । सो समाचारमा दिइएअनुसार शनिबार बिहान आइएसले एक बजारस्थलमा विस्फोट गराएका थिए ।

उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका इराकी गृहमन्त्रालयले जानकारी दिएको छ । हत्याको जिम्मेवारी आईएसले लिएको जनाइएको छ ।

राजधानी नजिकैको एक नगरमा सो विस्फोट गराइएको थियो । इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ ।

इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ । इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ ।

गत हप्तामात्र पनि सो स्थानमा विस्फोट गराई ५० जनाभन्दा बढीको हत्या गरिएको समाचारमा जनाइएको थियो । त्यसमा परी अरु दर्जनौँ व्यक्ति गम्भीर रूपमा घाइते भएका थिए ।

सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.