अछाम, २० जेठ । अगुवा कृषकहरुकालागी प्लाष्टिक घर निर्माण तथा तरकारी खेती सम्बधि तालिम सम्पन्न भएको छ । कृषकहरुको आयआर्जनमा सुधार गरी जिविकोपार्जनमा सहजा ल्याउन र व्यावसायिक कृषि खेतीमा लागाउने उद्देश्यले लिल्लाका दुर्गम गाविसका कृषकका लागी तालिम सम्पन्न भएको हो ।
कृषकको जिविको पार्जनमा सुधार ल्याउन जिल्लाका विनाएक र साफेबगरका ७५ जना अगुवा कृषकलाई व्यावसायीक तरकारी खेति सम्बन्धी तालीम प्रदान गरिएको छ । पहुंच र सृजनाकालागी सहकार्य (वाक) नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित जीवीकोपार्जन तथा पोषण सुधार परियोजनाको आयोजना अन्तर्गत विनायक र साफेबगर क्षेत्रका गरी जनागरी कुल ७५ जना कृषकलाई व्यावसायिक तालिम प्रदान गरिएको छ ।
अगुवा कृषकका लागी संथालन गरिएको उत्त तलिम ४ दिन सम्म संचालन गरिएको थियो । तालिमको सहजिकरण जिल्ला कृष्वििकास कार्यालय अछामका पविधिक साहायक कर्ण बहादुर शाही, गोरख प्रसाद उपाध्याय नायव प्रविधिक साहायक प्रेम बहादुर महत कृषि प्रशिक्षक हर्क विसी, निरन्जन स्वार देवेन्द्रभाट लगायतले सहजिकरण गर्नु भएको थियो ।
तालिममा वल्र्ड भिजनका जिल्ला प्राविधिक संयोजक प्रचण्ड खडका, मिठु हुडके,विश्व राना परियोजना अधिकृत दुर्गा प्रसाद ढुंगाना फिल्ड सुपरभाईजर महाजित विक ,अम्वीका विसी, डबल भाट,नरेश बोहोरा लगाएतको सहभागिता रहेको थियो । तालिमको समापनमा वाक नेपालका अध्यक्ष मिन बहादुर कुवरले गरेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...