-->
निजामती कर्मचारीको निर्वाचनः एमाले निकट कर्मचारी संगठन पहिलो

काठमाडौं– निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको  निर्वाचनमा एमाले निकट निजामति कर्मचारी संगठन पहिलो भएको छ । माओवादी केन्द्र निकट कर्मचारी संगठन भने तेस्रो भएको छ । 
nijamati

मन्त्रालय, विभाग र जिल्ला गरी ११७ स्थानमा भएको निर्वाचनमा एमाले निकट कर्मचारी संगठनले ४१ जिल्लासहित ७८ भन्दा बढी स्थानमा जित हासिल गर्दै पहिलो भएको हो  ।
निर्वाचनमा दोस्रो भएको कांग्रेस निकट निजामति कर्मचारी युनियन (संघ) दोस्रो भएको छ । ऊसले २४ जिल्लामा विजयी हासिल गरेको छ ।

माओवादी केन्द्र निकट कर्मचारी संगठनले २ जिल्लामा जीत हात परेको छ । मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च चार जिल्लामा विजयी भएको छ ।
बुधबार  भएको निर्वाचनमा देशभरका कुल ५५ हजार तीन सय २२ मतदातामध्ये ८० प्रतिशतभन्दा बढी निजामती कर्मचारीले मतदान गरेका थिए ।
जिल्लादेखि केन्द्रसम्म भएको निर्वाचनमा पाएको मतका आधारमा समावेशी किसिमले भागबन्डा गरिने प्रावधान छ ।
केन्द्रमा सबैभन्दा बढी मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष दिइनेछ भने दोस्रो मत ल्याउनेलाई महासचिव दिइने व्यवस्था छ । जसअनुसार एमाले निकट संगठनले पाउने पक्का भएको छ ।
तेस्रो मत ल्याउनेलाई उपाध्यक्ष र चौथो मत ल्याउनेलाई भने सचिव दिइने प्रावधान रहेको छ ।

मतपरिणामको औपचारिक परिणाम आउन बाँकी रहेको छ ।

mat parinam (4)mat parinam (3)mat parinam (2)mat parinam (1)




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.