-->
थ्री स्टारले ए.एफ.सी.कपमा मंगोलिया र कम्बोडीयाली क्लबसँग खेल्ने

राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबले आगामी अगष्टमा हुने ए.एफ.सी. कप २०१७को छनोट चरण मंगोलियामा खेल्ने भएको छ|

Screenshot_4

आज भएको ए.एफ.सी. कपको छनोट चरणको ड्रमा नेपालको थ्री स्टार क्लब समूह ‘ख’मा रहेर मंगोलियाको एर्चिम एफ.सी. र कम्बोडियाको नगवोर्ल्ड एफ.सी. संग भिड्नेछ| छनोट चरण पार गरेमा थ्री स्टार क्लबले प्रारम्भिक चरणको प्ले-अफ खेल्न पाउनेछ| समूह विजेता मात्र अर्को चरणमा पुग्ने व्यवस्था रहेको छ|

मंगोलिअको एर्चिम एफ.सी.ले  खेलको आयोजना गर्नेछ भने अन्य तिन समूहबाट पनि एक-एक टोलि अघि बढ्नेछन|

विगतको वर्षमा ए.एफ.सी प्रेसिडेन्ट्स कपमा भाग लिन पाउने नेपाली क्लबले अब ए.एफ.सी. कपको छनोट देखि खेल्ने व्यवस्था रहीआएकोमा मनाङ मर्श्यन्ग्दी क्लबले गत सिजन भाग लिएको थिएन|


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.