एजेन्सी–आईएसआईएसले आफ्नो कब्जामा रहेका १९ यजिदी कुर्दिस महिलाहरुलाई जिउँदै जलाइएको छ । यि महिलाहरुले यौन कामदार बन्न अस्विकार गरेका थिए । कुर्दिस समाचार एजेन्सी एआरएका अनुसार यस घटनालाई सयौँले नियालेका थिए ।
– कुर्दिस न्यूज एजेन्सीले अब्दुल्ला अल–मालालाई हवाला दिदैँ यि कामदारहरुले इस्लामिक स्टेट फाइटर्ससँग यौन सम्पर्क अस्विकार गरेका कारण उनीहरुलाई जिउँदै जलाइएको बताएको
– यसअघि गत महिना मात्रै आईएसआईएसले २५ इराकी बन्दीहरुलाई एसिडमा डुबाएर मारेको थियो ।
– इराक, सिरिया र लिबियामा आईएसआईएसद्वारा धर्मका नाममा मानिसहरुको ज्यान लिएका थुप्रै घटना सार्वजनिक भइरहेका छन् । यसरी हत्या गर्दा आईएसआईएसले क्रूर तरिका अपनाउने गरेको छ ।
– अगस्ट २०१४ मा आईएसआईएसले उत्तरी इराकको यजिदी इलाकामा आक्रमण गरेको थियो ।
– यस हमालापछि ४ लाखभन्दा धेरै मानिसहरु दोहुक, इरबिल र कुर्दिस्तानका इलाकामा भागेका थिए ।
– स्थानीय सैनिक स्रोतका अनुसार यस हमालामा सयौँको मृत्यु भएको थियो । त्यस्तै यस दौरान थुप्रै युवती तथा महिलाहरु बलात्कृत भए । आतंककारीले पछिल्लो समय ३ हजार यजिदी युवतीहरुलाई यौन कामदार बनाउने घोषणा गरेको थियो ।
यस्तो तरिका अपनाएर गरिएको छ, हत्या
– घाँटीमा बिस्फोट पदार्थ बाँधेर उडाउने
– पिन्जडामा बन्द गरेर पानीमा डुबाउने
– कारमा राखेर ग्रिनेडले पड्काउने
– बन्धकलाई विष खुवाएर मार्ने
– डुङगामा राखेर टाइम बमले उडाउने
– पिन्जडामा थुनेर जिउँदै जलाउने
– छतबाट खसालेर ढूंगाले हान्ने
– पोलमा झुण्ड्याएर तलबाट आगो लगाइदिने


0 comments
प्रतिक्रिया दिनुहोस्...