-->
एक लाख मानिसको जुलुस निस्कदा आज सडक जाम नहुने !


३० जेठ, काठमाडौं । बाबुराम भट्टराईको  नयाँ शक्ति नेपालले आज पार्टी घोषण सभा आयोजना गर्दैछ । एक लाख मानिस उतार्ने दाबी गरेको नयाँ शक्तिले राजधानीका विभिन्न स्थानबाट र्यालीको आयोजना गर्दैछ ।

बिहान ११ बजेपछि कुपण्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट निस्कने जुलुस दशरथ रंगशालामा पुगेर सभामा परिणत हुनेछ । तर, जुलुस निस्कदा सवारी आवागमनमा कुनै बाधा नहुने नयाँ शक्तिले जनाएको छ ।

बिजुलीबजारबाट महेन्द्र पासवान, रत्नपार्कबाट पासाङ शेर्पा, कुपन्डोलबाट हिसिला यमी र कालीमाटीबाट वामदेव क्षेत्रीको नेतृत्वमा सुरु हुने र्याली १२ बजेभित्र रंगशाला पुग्ने छ ।

ट्राफिक व्यवस्थापनका लागि नयाँ शक्तिले संयोजन गर्ने छ । जसका लागि पूर्वएआईजी तथा पूर्वट्राफिक प्रहरी प्रमुख गणेश राईले संयोजन गर्ने छन् भने सुरक्षाका लागि पूर्वएआइजी नारायणप्रसाद पाण्डेलाई जिम्मा दिइएको छ । स्वंसेवकले ट्राफिक प्रहरी तथा सुरक्षामा खटिएका प्रहरीसँग समन्वय गरेर काम गर्ने नयाँ शक्तिले जनाएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.