-->
वातावरणमा असर नपर्ने गरी विकासका काम गरिन्छः प्रधानमन्त्री

२३ जेठ, काठमाडौं । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको  कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणमा असर नपर्ने गरी सरकारले विकास निर्माणका काम गर्ने बताए । उनले वर्तमानमा सुविधा दिलाउने नाममा भविष्यका सन्ततिलाई असर पर्ने गरी सरकारले विकास निर्माणका काम नगर्नेमा विश्वस्त हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले फोहोरलाई आम्दानीको स्रोतको रुपमा उपयोग गर्न नसकेका कारण नगरपालिकाहरु अव्यवस्थित र दुर्गन्धित भएको बताए । उनले वातावरण संरक्षणका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा युएनडिपीकी नेपाल उपनिर्देशक सोफिया केमखाड्जेले वातावरण संरक्षणका दृष्टिले अघिल्लो वर्ष नेपालका लागि निकै उपलब्धिमूलक भएको बताइन् । दीगो विकासको लक्ष्य अनुमोदन, जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा हस्ताक्षर लगायतका कारण अघिल्लो वर्ष सम्झनयोग्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र संस्थाहरुलाई पुरस्कृत पनि गरिएको थियो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.