लण्डन—एक बन्दुकधारीको गोली प्रहारबाट घाइते भएकी बेलायती सांसद जो कक्सको मृत्यु भएको छ । पश्चिम इङल्याण्डस्थित योर्कसायरमा उनको चुनावी क्षेत्रमा एक बैठकको समयमा आक्रमणकारीले उनीमाथि गोली चलाएका थिए र लगतै चक्कुले पनि हमला गरेका थिए ।
सन् १९९० मा आइरिस रिपब्लिकनको हमलामा मृत्यु भएका इयन गोको हत्यापछि पहिलो पटक कुनै बेलायती सांसदको हत्या भएको हो ।
आक्रमणकारीको गिरफ्तार गरिएको छ र उनका साथबाट हतियार समेत बरामद गरिएको छ । छिमेकीहरुकाअनुसा ५२ वर्षका ती आक्रमणकारी अविवाहित थिए ।
चश्मदीदोकाअनुसार एक लाइबेरीमा बैठक चलिरहेको थियो । जसको बाहिरपट्टी रहेका दुई मानिस झगडा गरिरहेका थिए । उक्त झगडामा जो कक्सले दख्खल दिएकी थिइन ।
एक प्रत्यक्षदर्शीकाअनुसार जब कक्सले अवरोध पुर्याइन आक्रमणकारीले बन्दु निकालेर फायरिङ गरे । उनको फाइरिङबाट कक्स घाइते भइन । फेरि उक्त ब्यक्तिले रगतले लपेटिएको सडकको किनारमा ढलेकी कक्समाथि चक्कुले हिर्काए । उनले घाइते भएकी कक्समाथि लगातार ६ पटक चक्कुले प्रहार गरेका थिए ।
एक अर्का प्रत्यदर्शीकाअनुसार हमलाको निशाना सांसद कक्समाथि नै थियो । ४१ वर्षीया कक्सलार्इ लगतै घटनास्थलबाट एयर एम्बुलेन्सबाट लिड्स जनरल इन्फरमरी लगिएको थियो ।
जो कक्स अघिल्लो वर्ष सांसदमा चुनिएकी थिइन । उनी विवाहित हुन र उनका दुई सन्तान छन् । घटनापछि युरोपेली संघको जनमत संग्रहको प्रचार अभियानलाई स्थगित गरिएको छ ।
आक्रमण हुनुभन्दा अघि सांसद कक्सले ब्रिस्टल भन्ने ठाउँमा सार्वजनिक सुनुवाईएको एक कार्यक्रममा भाग लिएकी थिइन् ।
लेवरका नेता जेरेमी कोर्विनले उक्त घटनाको खबरले आफू दुखी भएको बताएका छन् । आफूहरुले प्यारो सहकर्मी गुमाएको स्मरण गर्दैै उनले भनेका छन् 'जो कक्स हाम्रो प्रजातन्त्रको मुटुमै मारिइन् ।'


0 comments
प्रतिक्रिया दिनुहोस्...