-->
ल हेर्नुस् नयाँ शक्तिकी करिश्माको कमाल

३ असार । चलचित्र क्षेत्रबाट राजनीतितर्फ दोस्रो इनिङ सुरु गरेकी नायिका करिश्मा मानन्धर यतिबेला चर्चामा छिन् । बाबुराम भट्टराईको नेतृत्वमा घोषणा भएको नयाँ शक्ति पार्टीकी सदस्य करिश्मा दशरथ रंगशालामा उद्घोषण कार्यक्रमपछि बढी चर्चामा आएकी हुन् ।

३० जेठमा सम्पन्न सो कार्यक्रमपछि करिश्माको सकारात्मकभन्दा बढी आलोचनात्मक चर्चा हुने गरेको छ ।
सञ्चारमाध्यमसँगै जतासुकै आफ्नो विषयमा बढी चर्चा परिचर्चा हुन थालेपछि करिश्माले आफूमाथि ‘हिंसा’ भएको जिकिरसमेत गरेकी छन् । चलचित्र क्षेत्रमा उनले २५ वर्ष बिताइसकेकी छन् । तर, यतिखेर आफूमाथि त्यसबेलाको भन्दा बढी नै हिंसा हुने गरेको उनको भनाइ छ । कतिसम्म भने उनले अमेरिकामा रहेकी छोरी कवितालाई त्यसको तीखो रोष प्रकट गरेको आफ्नो फेसबुकमा पोस्ट गरेकी छन् । उनले छोरीलाई जन्म दिए पनि आफू भर्खरै जन्मँदैछुसमेत भनेकी छन् ।

यी सबै टेन्सन मेटाउन उनी यतिबेला फिटनेसमा लागेकी छन् । उनले शुक्रबार बिहान आफ्नो फेसबुकमा अत्याधुनिक फिटनेसमा बसेर खिचाएको तस्बिर पोस्ट गरेकी छन् । उनी चार दिनदेखि फिटनेसमा लागेकी छन् । आफ्नो शरीर सामान्यभन्दा अलि मोटो देखिएपछि करिश्माले फिटनेस गर्न थालेकी हुन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.