युवतीको शरीरमा ४ वटा मृगौला
काठमाडौं, २१ जेठ । चीनमा एक युवतीको शरीरमा चार वटा मृगौला रहेको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुगेकी १७ वर्षीया जाइलिनको शरीरमा चार वटा मृगौला देखिएको हो ।
बच्चामा सधैं स्वस्थ रहेकी उनको पीठमा पीडा भएपछि अस्पताल पुगेपछि गरिएको एक्स–रे रिपोर्टमा चार वटा मृगौला देखिएको हो । चिनियाँ सरकारी सञ्चार माध्यमहरुका अनुसार यो एक किसिमको बिरामी हो र जसलाई ‘ड्यूप्लेक्स मान्सट्रासिटी’ भनिने चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार यस किसिमको समस्याबाट मृत्युदर १५०० मा एक हुनेछ । यसर्थ पूरा जिन्दगी यसको महसुस हुँदैन । अतिरिक्त मृगौलाले काम नगर्ने र यो नियमित रुपमा काम गर्ने मृगौलासँग जोडिएको हुन्छ । यसर्थ अतिरिक्त मृगौला निकाल्ने नमिल्ने चिकित्सकले बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...