-->
युरो कपमा उत्तरी आयरल्याण्डको ऐतिहासिक जित

काठमाडौं । युक्रेनलाई हराउँदै उत्तरी आयरल्याण्डले युरोपियन च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ र, नक आउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

बिहीबार भएको खेलमा उत्तरी आयरल्याण्डले युक्रेनमाथि २-० को जित हात पारेको हो ।

उत्तरी आयरल्याण्डले ४९ औं मिनेटा ओलिभ नोरवुडको फ्रि किकमा ग्यारेथ म्युकोलीको गोलबाट अग्रता लिएको थियो । खेलको अन्तिममा नाइल मिगेनले गोल गर्दै टिमलाई युरो कपमा पहिलो जित दिलाए ।

यो जितसँगै ३ अंक जोडेको उत्तरी आयरल्याण्डको अब तेस्रो स्थानमा रहेर पनि उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुग्ने सम्भावना छ । उसले पहिलो खेलमा पोल्याण्डसँग हारेको थियो र, अब समूह चरणको अन्तिम जर्मनीको सामना गर्नेछ ।

इतिहास बन्यो 

यो रात, जहाँ उत्तरी आयरल्याण्डले फुटबलमा इतिहास रचेको छ । युरोमा उसको यो पहिलो जित हो । साथै ग्यारेथ म्युकोली युरो कपमा गोल गर्ने सेकेन्ड ओल्डेस्ट स्कोरर समेत बनेका छन् ।

र, हरियो टिसर्ट लगाएका हजारौं समर्थन चर्को हुटिङका साथ उनको टिमको साथमा रहे । उनीहरुले २४ वर्षे डरेन रोडगर्सलाई पनि सम्झिए, जसको पोल्याण्डसँगको खेलपछि असामयिक निधन भएको थियो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.