-->
युरो कप : विश्व विजेता जर्मनीसँग पोल्याण्डको बराबरी

असार ३ – युरो कप फुटबलमा विश्व विजेता जर्मनीले पोल्याण्डसँग गोल रहित बराबरी खेलेको छ । फ्रान्सको सेन्ट डेनिसमा भएको समूह सी अन्तरगतको खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । 

युरो कपको जारी संस्करणमा गोलरहित बराबरी भएको यो पहिलो पटक हो । बराबरीसँगै समूह सी मा रहेका यी दुवै टीमको समान चार अंक भएको छ । 
पोल्याण्ड र जर्मनीको गोलरहित बराबरीले समूह सी मा नै अंकविहीन रहेको युक्रेन समूह चरणबाटै बाहिरिएको छ । ६९ प्रतिशत बल नियन्त्रणमा राखेको जर्मनीले केही राम्रा 
अवसरलाई गोलमा परिर्वन गर्न सकेन । एउटै पनि प्रहारलाई पोष्टको दिशा दिन नसकेको पोल्याण्ड निकै भाग्यशाली रह्यो । १६ वटामा ३ वटा प्रहार पोष्टमा गरेको जर्मनीले गोल गर्न भने सकेन । 
जर्मनीले आफ्नो पहिलो खेलमा युक्रेनलाई २–० गोल अन्तरले हराएको थियो । यस्तै पोल्याण्डले नर्दन आयरल्याण्डलाई १–० गोल अन्तरले हराएको थियो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.