-->
१३ वर्षीया बालिकाको बिहे ३३ वर्षीयसँग

काठमाडौं: बालिकासँग बिहे गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले एक युवालाई पक्राउ गरेको छ । 
 
जिल्लाको छिनामखु गाविस-८ निवासी १३ वर्षीया बालिकालाई फकाएर बिहे गरेको अभियोगमा दलगाउँ गाविस-4 का ३३ वर्षीय डिकबहादुर भुलेज पक्राउ परेका हुन् । 
 
जेठ २८ गते १३ वर्षीया ती बालिकालाई फकाएर बिहे गरी लगेको उजुरी स्थानीयबसीले दिएपछि बालिकासहित डिकबहादुर पक्राउ परेका हुन् । 
 
बालिकालाई जबरजस्ती बिहे गराइदिन मतियार भएको अभियोगमा प्रहरीले छिनामखु गाविस-८ बस्ने २३ वर्षीया सम्झना भुजेललाई पनि पक्राउ गरेको छ । 

उनीहरु दुबैविरुद्ध बाल विवाह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरू गरिएको जिप्रका भोजपुरले जनाएको छ । 
 
पीडित बालिकालाई भने प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएर घर पठाएको छ । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.