अमेरिकाबाट करिष्माकी छोरीको प्रश्न ‘ममी के भयो देशकै बेइज्जत गर्यौं रे?’
काठमाडौं—सदाबहार सुन्दरी नायिका करिष्मा मानन्धरले अाफूलार्इ एकाबिहानै छाेरी कविताले अमेरिकाबाट फोन गरेर देशकै बेइज्जत गर्यौ रे भनेर सोधेको बताएकी छिन् । नयाँ शक्ति नेपालको केन्द्रीय परिषद सदस्य समेत रहेकी करिष्माले आफ्नो फेसबुकमामार्फत सो कुरा बताएकी हुन् ।
नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा सञ्चालक रहेकी करिष्माको कार्यक्रम राम्रोसँग सञ्चालन गर्न नसकेपछि निकै आलोचना भएको थियो । लामो समय अमेरिका बसेको भएपनि कार्यक्रममा करिष्माले अंग्रेजीको राम्रो प्रोनाउन्स गर्न सकेकी थिइनन् ।
यस्तै उनले अरु पनि विभिन्न गल्ती गरेकी थिइन । जस्तो, कांग्रेस नेता प्रदीप गिरीलाई प्रदीप भट्टराई भनेर बोलाएको, प्रधानमन्त्रीलाई मञ्चमा बोलाउँदा यतिबेला तपाईहरु बोर भएर बसिरहनु भएको होला तर चाडै स्टेजमा आउँदैं हुनुहुन्छ पीएम केपीजी’लगायतका गल्तीहरु गरेकी थिइन ।
सामाजिक सञ्जालमा पनि उनले चुस्त रुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको, पटक—पटक विगारेको भन्दैं उनी आलोचनाको तारो बनेकी थिइन । कतिपयले त करिष्मालाई कार्यक्रम समेत चलाउन नआउने भनेर उडाएका थिए । आफ्नी आमाको चर्को आलोचना सोसल मिडियामा देखेपछि कविताले फोन गरेर उक्त प्रश्न सोधेकी हुन् ।
करिश्माले लेखेकी छिन्, ‘मेरी छोरी कविताले युएसबाट विहानै फोन गरेर सोधिन मामी के भयो तिमीले देशकै वेइज्जत ग¥यौं रे ?’
त्यसपछि करिष्माले आफूले कुटनीतिक ढंगको जवाफ फर्काएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘अनि मैले भने छोरी मैले तिमीलाई जन्म दिए तर म चाहिँ फेरि जन्मिदैंछु ।’
उनको उक्त स्टाटस एक दर्जनले सेयर गरेका छन् भने अरु कयौंले लाइक तथा कमेण्ट गरेका छन् । करिष्माकी छोरी हाल अमेरिकामा पढिरहेकी छिन् । कविता उनकी एकमात्र सन्तान हुन् ।
पछिल्लो समय फिल्मभन्दा पनि राजनीतिमा लागेका कारण चर्चामा रहेकी उनले १४ वर्षको उमेरमा नेपाली फिल्म डेब्यु गरेकी थिइन । सम्भवतः करिष्मा सबैभन्दा सानो उमेरमा चर्चा पाउने पहिलो नेपाली हिरोइन हुन् ।
उनले त्यसयता झण्डै डेढ दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । सुन्दरताका कारण विशेष चर्चामा रहने करिष्माका केही फिल्महरु निकै हिट पनि भएका थिए ।
उनले ‘सन्तान’, ‘मायालु’, ‘ट्रक डाइभर’, ‘भाउजु’, ‘एक नम्बरको पाखे’, ‘रणभूमी’, ‘बसन्ती’, ‘ढुकढुकी’, ‘पन्छी’, ‘बाबुसाहेब’लगायतका सिनेमामा अभियन गरेकी छिन् । उनले सन् २००७ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी थिइन ।
करिष्मा पूर्व माओवादी नेता बाबुराम भट्टराईको नयाँ पार्टीबाट राजनीतिमा सक्रिय भएकी हुन भने पछिल्लो समयमा उनी फिल्म निर्माणमा समेत सक्रिय छिन् ।
उनले हालै ‘फागु’ भन्ने सिनेमा निर्माण गरेकी थिइन । ‘फागु’ले बजारमा भने राम्रो सफलता प्राप्त गर्न सकेन ।
सन् १९७४ मा जन्मिएकी करिष्माले विनोद मानन्धरसँग लभ म्यारिज गरेकी थिइन । उनी सन् १९८८ देखि नेपाली सिनेमामा क्रियाशील छिन् । आफूले निर्माण गरेको सिनेमा डुबेपछि उनी केही समय अमेरिका बसेर फर्किएकी ह्न् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...