-->
दक्षिण कोरियामा युवा बेरोजगार दर बढ्यो

दक्षिण कोरियामा मे महिनामा युवाको बेरोजगारी दर बढेको समाचार छ । यसअघिको तुलनामा मे महिनामा दक्षिण कोरियाको युवा बेरोजगार दरमा बृद्धि भएको हो । 
 
दक्षिण कोरियाको सरकारी तथ्यांकअनुसार यस महिना गत वर्षको तुलनामा युवा बेरोजगार दरमा बृद्धि भएर ९.७ पुगेको छ । 
 
यो तथ्यांक विगत वर्षको तुलनामा यसवर्ष ०.४ प्रतिशतले बृद्धि हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष भएको यो बृद्धिको बारेमा कोरियाली तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको हो । 
 
यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा बृद्धि भएको र मे महिनामा यो दर ९.७ पुगेको बुधबार सो विभागले जानकारी दिएको बताइएको हो । 
 
यो उमेरका युवाको बेरोजगारी दरमा बृद्धि हुदै गएको छ । यसअघिका वर्षहरुमा सन् २०१३ मा यही मे महिनामा नै यो दर ८.७ प्रतिशत थियो भने सन् २०१४ यसमा बृद्धि भएर ९.३ पुगेको थियो । 
 
बिगतका यी दुई वर्षहरुको तुलनामा यसवर्ष पनि बेरोजगारी दरमा बृद्धि भएको हो । यो बृद्धि दर सन् २०१५ को मे महिनाको तुलनामा ०।।४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ । 
 
तर यसको तुलनामा दक्षिण कोरियाको बेरोजगारी दरमा भने बृद्धि भएको छैन । पछिल्लो समयमा युवाहरुमा यस्तो प्रतिशत बढ्न थालेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.