-->
मुगुमा गोली चल्यो, एकको मृत्यु

१ असार, मुगु । गएराति पाटनमा यार्सा सङ्कलन गर्न बसेको अज्ञात अतियारधारी समूहले अन्दाधुन्द गोली चलाउँदा एकजना यार्सा सङ्कलकको मृत्यु भएको छ ।

Khelauna-Pestol

फाइल तस्वीर

मृत्यु हुनेमा माग्री–५ का २४ वर्षिय कार्मा नाख्याल रहेको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीनदिन पूर्वउत्तरमा पर्छ ।

घटनास्थल टाढा र सञ्चारविहीन क्षेत्रमा भएकाले घटनामा के कति घाइते भए भन्ने विस्तृत विवरण आउन सकेको छैन ।

अकस्मात राति सुतीरहेका बेला १२/१५ जना हतियारधारी समूह आई अन्धाधुन्दा गोली चलाउँदा सुतीरहेका सङ्कलकबीच कोकाहल चलेको बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.