कोपा अमेरिका : चिलीको महत्वपूर्ण जित, भिडाल नायक
काठमाडौं: काठमाडौं: कोपा अमेरिका अन्तरगत आज बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पिय चिलीले बोलिभियामाथि नाटकीय जित निकालेको छ ।
निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएको अवस्थामा इन्जुरी टाइममा पाएको पेनाल्टीमा चिलीले बोलिभियालाई २–१ ले हराएको हो ।
चिलीलाई जिताउने क्रममा अर्ट्युरो भिदालले खेलको एक सयौं मिनेटमा पेनाल्टीमा गोल गरेर जित दिलाएका हुन्।
बोलिभियाका खेलाडीले डी बक्समा हेन्ड गरेपछि चिलीले पेनाल्टी पाएको थियो । यो खेलमा पहिलो गोल पनि भिदालले नै गरेका थिए ।
उनले खेलको ४६ औं मिनेटमा पिनिलाको पासमा चिलीलाई अग्रता दिलाएका थिए । तर खेलको ६१ औं मिनेटमा क्याम्पोसले बोलिभियाका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेल बराबरीमा सकिन लागेको अवस्थामा पेनाल्टी पाएपछि चिलीको भाग्य चम्कियो । पहिलो खेलमा अर्जेन्टिनासँग हारेको चिली बोलिभियालाई हराएपछि अन्तिम आठमा पुग्ने सम्भावना जीवितै राखेको छ ।
यो जितपछि चिलीले अघिल्लो चरण प्रवेशको सम्भावना जीवितै राखेको छ । यो समूहमा अर्जेन्टिना, चिली र पनामाको समान ३-३ अंक रहेको छ ।
यद्यपि अर्जेन्टिनाले दोस्रो खेलमा आज पनामासँग प्रतिस्पर्धा गर्दैछ । बोलिभिया भने दुबै खेलमा पराजित हुँदै समूहको पुच्छरमा रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...