काठमाडौं, ३२ जेठ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के चेकका लागी प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती खेप्नुपरेको गुनासो बढेपछि प्रधानमन्त्री ओली छड्केमा आफै गएका हुन् । झण्डै एक घण्टा विमानस्थल निरीक्षण गरेका प्रधानमन्त्रीले कर्मचारीलाई यात्रुको सेवामा ढिलासुस्ती नगर्न निर्देशन दिए ।
विमानस्थलका निमित्त प्रमुख भोला गुरागाईंले प्रधानमन्त्री ओली आकस्मिक निरीक्षणमा आएको जानकारी दिए । उनले भने- ‘पहिलोपटक विमानस्थल निरीक्षण गर्न प्रधानमन्त्री नै आउनुभयो । अहिलेसम्म छड्केमा कुनै प्रधानमन्त्री आउनुभएको थिएन्, पर्यटनमन्त्रीहरु आउने गर्थे । उहाँ (ओली) नै बिना जानकारी पहिलोपटक आउनुभयो ।’
नयाँ नयाँ काम गर्न खोजिरहेका प्रधानमन्त्री ओली विमानस्थलको छड्केमा आफै आएको देखेर कर्मचारीहरु चकित परेका छन् । प्रधानमन्त्री ओली संग अर्थ मन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महत विमानस्थल पुगेका थिए। अन्तराष्ट्रिय टर्मिनल भवनमा रहेका सबै सरकारी एजेन्सीको काम तथा अध्यागमन, भन्सार कार्यालयका कर्मचारीहरुको पनि कामकारवाहीको निरीक्षण गर्दै जानकारी लिएका थिए । दैनिक नेपालमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...