‘बेटी बचाओ, बेटी पढाओ' यात्रा सुरु
काठमाडौं: भारतका चारजना महिलाले सोमबारदेखि दक्षिणपूर्वी एसियाका १० देशका लागि काठमाडौंबाट मोटरसाइकलयात्रा आरम्भ गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको ‘बेटी बचाओ, बेटी पढाओ' अभियानलाई प्रवद्र्धन गर्न यी महिला १० देशको यात्रामा निस्केका हुन् ।
काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा भारतीय राजदूत रञ्जित रे र दूतावासका अधिकारीले यात्रामा निस्केका महिलालाई बिदा गरेका थिए । ‘चार महिला यात्रीको काम प्रशंसनीय र साहसिक छ', रेले भने ।
उक्त यात्रामा निस्किन लागेकी अभियन्ता सारिक मण्डलले छोरीलाई विद्यालय नपठाउने समस्या एसियाली क्षेत्रमा रहेको बताउँदै आफ्नो अभियानले छोरीलाई पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको स्पष्ट पारिन् ।
यी महिलाले ३६ दिनमा १० हजार किलोमिटर यात्रा गर्ने भएका छन् । नेपाल, भारत, भुटान, म्यानमार, थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया र सिंगापुरमा उनीहरूले मोटरसाइकलयात्रा गर्नेछन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...