-->
हिलारी र डोनाल्ड अन्तिम छनौटमा

न्यूयोर्क–आगामी नोभेम्बर ८ मा हुन गैरहेको अमेरिकी राष्ट्रपति पदको पतिय निर्वाचनमा डेमेक्रेटिक पार्टीका तर्फबाठ हिलारी क्लिन्टन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पबीच प्रतिश्प्रर्धा हुने भएको छ। राज्य तहमा भैरहकेको प्रतिश्पर्धाबाट हिलारीलाई आवश्यक २३ सय ८३ डेलिकेटस् मत प्राप्त भएको हो। 

हिलारीको जितसँगै राष्ट्रपतिको चुनावी प्रतिश्पर्धामा रहेका अर्का प्रत्यासी बर्नाई स्यान्डर चुनावी दौडबाटपछि परेका छन्। बर्नाई सेन्डरले १५ सय ६९ मा चित्त बुझाउनु परेको छ। सुपर डेलिगेटमा भने स्यान्डर्स माथि क्लिन्टनको फराकिलो अग्रता रहेको छ। सुरुवातदेखि नै सेन्डर पराकिलो मत अन्तरमा रहेका थिए।

डोनाल्डले रिपब्लिकन मध्येबाट यस अघि नै उनका लागि आवश्यक पर्ने १२ सय ३९ डेलिकेटस् मत पाइसकेका छन्। उनीसँग प्रतिश्पर्धामा रहेका टेड क्रुजले ५ सय ५९ मा नै सीमित भएका थिए। करिब एघार महिनाअघि राष्ट्रपतीय प्रारम्भिक प्रतिस्पर्धामा होमिएका रियल स्टेट व्यवसायीको रुपमा परिचित ट्रम्पले सुरुदेखि नै अप्रत्यासित रुपमा लोकप्रियता हासिल गरेका थिए। विशेषत संस्थापन राजनीतिबाट क्रुद्व बनेका मतदाताहरुले उनलाई भारी रुपमा सर्मथन गर्दै आएका छन्।

निकै बलियो एवं प्रभावी चुनावी अभियानको नेतृत्व गरेका ट्रम्प, अमेरिकी इतिहासमै झण्डै पाँच दशकपछि आगामी नोभेम्बरमा संस्थापन पक्षबाट नरुचाईएका उम्मेदवारको रुपमा डेमोक्रयाटस् प्रतिश्पर्धा विरुद्व प्रतिस्पर्धा गर्नेछन्। यसअघि सन् १९६४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टी उम्मेदवार बारी गोल्डवाटर पनि पार्टी संस्थापन पक्षले नरुचाईएका उम्मेदवार थिए ।

राष्ट्रपतीय निर्वाचनको क्यालेण्डर अनुसार नोभेम्बर ८ को निर्वाचनका लागि क्लिन्टनर ट्रम्पबीच प्रतिश्पर्धा हुनेछ। सो निर्वाचनमा निर्वाचित राष्ट्रपतिले २०१७ को जनवरी २० मा पदभार ग्रहण गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ। अब हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनले विश्वको ध्यान केन्द्रित गरिरहेको छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.